साबित्रा दहाल/झापा । अखिल नेपाल महिला सङ्घ (अनेमसंघ) झापाको दशौं जिल्ला सम्मेलन उद्घाटन सत्रको कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ।
अनेमासँग झापाका जिल्ला अध्यक्ष पवित्रा पाठकको अध्यक्षता तथा संविधानसभा सदस्य तथा नेकपा एमाले केन्द्रीय कमिटी सदस्य तथा केन्द्रीय अध्यक्ष कमरेड टुकाभद्र हमालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथिको रूपमा बोल्दै हमालले प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष श्रद्धेय केपी शर्मा ओलीले अब कार्यकारी प्रधानमन्त्री महिलालाई बनाउने उद्घोष गर्नुभएकोले उहाँको पहिलो नजर आफ्नो गृहजिल्ला झापामा पर्ने हुँदा सबै दिदीबहिनीहरूलाई आफ्नो जिल्लाबाट प्रधानमन्त्री महिला बनाउन अग्रसर हुनुपर्ने तर्फ ध्यानाकृष्ट गराउदै त्यो तहमा जाने महिला दिदीबहिनीहरू पनि आजको सम्मेलनमै उपस्थित हुन सक्ने तर्फ इंगित गर्नुभयो।
झापा जो कम्युनिस्टको उद्गम थलो पनि रहेको र यस जिल्लाका १५ वटा पालिकामा १३१ वटा वडा रहेकोमा गत निर्वाचनमा एउटै वडामा पनि महिला वडाध्यक्ष निर्वाचित नहुनु दुखद रहेकाे बताउँदै हाम्रालाई भन्दा पनि राम्रालाई र काम गर्न क्षमतावान र जनताका दुःखसुखमा भिजेका दिदीबहिनीहरूलाई जनप्रतिनिधिको निर्वाचनमा अघि सार्न सबै तत्पर हुनुपर्नेमा जोड दिनुभयो । अनि मसँग हिजो पनि दिन दुखी र गरिबको सहारा बनेकोले अहिले पनि सही भूमिकामा आफूलाई सशक्त बनाउन उहाँले जोड दिनुभयो।
कार्यक्रममा नेकपा एमालेको केन्द्रीय कमिटी र आयाेगका विभिन्न जिम्मेवारीमा रहनु नेता र महिला नेतृहरूले कम्युनिस्ट पार्टीको विकास र विस्तार साथै समाज रूपान्तरणमा अनेमसंघका अग्रज महिलाहरूले गर्नुभएको योगदानको सम्मान गर्दै आगामी दिनमा गर्नुपर्ने कार्यहरूको बारेमा जानकारी गराउनुभएको थियो।
यसरी मन्तव्य राख्ने वक्ताहरूमा अनेमसंघका केन्द्रीय उपाध्यक्ष मेनुका काफ्ले, नेकपा एमालेका केन्द्रीय सदस्य तथा झापा इन्चार्ज रोमनाथ ओली, केन्द्रीय कमिटी सदस्य मिना उप्रेती, नेकपा एमाले केन्द्रीय अनुशासन आयोग सदस्य लीला कट्टेल कार्की, नेकपा एमाले केन्द्रीय निर्वाचन आयोग सदस्य पवित्रा निरौला खरेल, नेकपा एमाले केन्द्रीय लेखा आयोग सदस्य जसमाया गजमेर हुनुहुन्थ्यो ।
उक्त कार्यक्रममा नेपालको कम्युनिष्ट आन्दोलनको स्थापना र विकासमा योगदान अनेमसंघ झापाका १० जना पूर्व अध्यक्षहरूलाई सम्मान समेत गरिएको थियो। कार्यक्रमका प्रमुख अतिथिद्वारा ती प्रज्वलन गरी उद्घाटन गरिएको उक्त कार्यक्रममा कोशी प्रदेशका राज्यमन्त्री समेत रहनुभएका कोशी प्रदेश अनेमा सङ्घका अध्यक्ष सिर्जना राई लगायत थुप्रै वक्ताहरुले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा विभिन्न जनसंगठनका केन्द्रीय , प्रदेश र जिल्ला स्तरका नेताहरूको समेत उपस्थिति रहेको थियो। विभिन्न सांस्कृतिक कार्यक्रम सहित सम्पन्न उक्त कार्यक्रमको सञ्चालन अनेमा सङ्घ झापाका सचिव लीला दाहालले गरेको थियो भने स्वागत मन्तव्य उपाध्यक्ष रेणुका डागीले गर्नुभएको थियो।
प्रतिक्रिया दिनुहोस्