न्यूयोर्क, कात्तिक ९ । अमेरिकाको न्यूयोर्क सहरमा रहेका नेपाली समुदायले आफ्नै बैंक संचालनमा ल्याएका छन्। न्यूयोर्कमा नेपालीले अक्टोबर महिनाको पहिलो साताबाट एभरेष्ट फेडरल क्रेडिट युनियन बैंक संचालनमा ल्याएका हुन ।
करिब दुई सय शेयर सदस्य रहेको एभरेष्ट युनियन बैंकले अघिल्लो वर्षको मार्च महिनामा संघीय सरकारबाट अमेरिकाका सबै राज्यमा कारोबार गर्ने मान्यता पाएको थियो। बैंक संचालनमा आएपछि न्यूयोर्कमा रहेका नेपालीलाई उद्यमशील बनाउन सहयोगी हुने बिश्वास गरिएको छ । ‘अमेरिकामा शाखा खोल्ने लक्ष्य सहितक्रेडिट समिति, सुपरीवेक्षण समितिलगायत विभिन्न उपसमितिसमेत बनाएर काम गरिरहेका छौं, यस बैंकको मुख्यलक्ष्य नेपालीलाई नै धनी बनाउनु हो,’ ’ कार्य समितिका सचिव अन्जन श्रेष्ठले भन्नुभयो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत तथा संचालक समिति कोषाध्यक्ष विराज रिजालले अमेरिकामा रहेका सबै नेपालीलाई शेयर किनेर बैंक धनी बन्न सुझाउनुभएको छ । ‘यो बैंकको शेयर किन्नु भनेको यस बैंकको धनी बन्नु हो, अनि डिभिडेन्टका लागि भागिदार हुनु ह,’ प्रमुख कार्यकारी अधिकृत रिजालले भन्न्ुभयो । उहाँका अनुसार बैंकले अहिले १० हजार डलर बराबर व्यक्तिगत ऋण उपलब्ध गराई रहेको जानकारी समेत दिएका छन्।
यस बैंकमा खाता हुने सदस्यले मात्रै कर्जा र अन्य कारोबार गर्न पाउनेछन्। अहिले करिव दुई सय सदस्यबाट तीन हजार डलरका दरले शेयर उठाइएको छ। बैंकले नेपाली समुदायबाट एक सय मिलियन डलर जम्मा गर्ने र सोही अनुसारको कारोबार गर्ने लक्ष्य लिएको छ। अहिले प्रति शेयर २५ डलरका दरले बिक्री भइसकेको छ।
प्रतिक्रिया दिनुहोस्