जनता टाइम्स

१८ फाल्गुन २०८१, आईतवार १५:२८

बुद्धिजीवी परिषद बागमतीको अध्यक्षमा खतिवडा


काठमाडौं, फागुन  १८। नेपाल बुद्धिजीवी परिषद् बागमती प्रदेशको दोस्रो अधिवेशन सम्पन्न भएको छ ।

अधिवेशनले सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गरेको छ । अधिवेशनले ठमेन्द्र खतिवडालाई अध्यक्षमा सर्वसम्मत रूपमा निर्वाचित गरेको हो ।

त्यस्तै उपाध्यक्ष गोविन्दप्रसाद चौलागाईँ र सचिवमा सञ्जय आचार्य निर्वाचित हुनुभएको छ । कोषाध्यक्ष अञ्जु केसी चुनिनु भएको छ । उपसचिवमा नरनाथ न्यौपाने र भवनाथ झा निर्वाचित हुनुभएको छ ।