काठमाडौं, फागुन २२। मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल (मानव अधिकार एलाइन्स) को छैठौं राष्ट्रिय महाधिवेशनले विदुर सुवेदीको अध्यक्षतामा नयाँ नेतृत्व सर्वसम्मत चयन भएको छ । सुवेदी कोशी प्रदेशका हुनुहुन्छ ।
काठमाडौंमा फागुन २१ र २२ गते भएको महाधिवेशनले सुवेदीको नेतृत्वमा ९ सदस्यस पदाधिकारीसहितको नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको हो ।
एमालेले जनसंगठनमा पदाधिकारीको संख्या ९ बनाउने निर्णय गरेको पहिलोपटक एलाइन्सबाट कार्यान्वयनमा आएको हो ।
यसअघि यसमा २१ जना पदाधिकारी रहेका थिए । महाधिबेशनले उपाध्यक्षमा गण्डकी प्रदेशकी मञ्जु गुरुङ, मधेश प्रदेशका मो. नइम अन्सारी, महासचिवमा गण्डकीका तिमोत्तम पौडेल, उपमहासचिवमा बागमती प्रदेशका नरेन्द्र डंगोल चयन हुनुभएको छ ।
यसैगरी संगठन सचिव मधुसुदन सापकोटा बागमती, प्रचार सचिवमा लुम्बिनी प्रदेशका प्रदिपकुमार लामिछाने, विदेश सचिवमा बागमतीका रोशना खड्का र अर्थ सचिवमा कोशीका पिवन्त न्यौपाने न्यौपाने निर्वाचित हुनुभएको छ ।
त्यसैगरी इन्चार्जहरुमा रुद्र सिटौला कोशी, कृष्ण लामा मधेश, रत्न कंडेल बागमती, अनन्त श्रेष्ठ गण्डकी, प्रभातकुमार ठकुरी लुम्बिनी, दिपेन्द्र प्रकाश डिसी कर्णाली र कोमल निरञ्जन भाट सुदूरपश्चिम चयन हुनुभएको छ ।
त्यसैगरी सबै सदस्यहरु सहित ६५ सदस्य कार्यसमिति र रामचन्द्र पौडेलको अध्यक्षतामा चार सदस्य लेखा समिति चयन गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्