जनता टाइम्स

२४ फाल्गुन २०८१, शनिबार ००:२१

प्रवासी नेपाली मञ्चका उपसचिव चानक पोखरेल कतारमा सम्मानित


कतार, फागुन २४ । बिगत लामो समयदेखि दोहामा रही निरन्तर, सामाजिक कार्यमा सकृय रहेका सामाजिक तथा कुशल राजनितिक व्याक्तित्व चानख पोख्रेल, दोहामा सम्मानित हुनुभएको छ ।

मोरङ सुनसरी सेवा समाज कतारको २५ औं स्थापना दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रममा पोख्रेललाई दोसल्लासहित मायाँको चिनो प्रदान गरी सम्मानित गरिएको हो । सन २००१ मा स्थापित मोरङ सुनसरी सेवा समाज कतारको संस्थापक महासचिव, संस्था स्थापनादेखि हालसम्म गरेको भूमिकाको उच्च कदर गर्दै २५औं स्थापना दिवसको अबसरमा सम्मान गरिएको सो संथाले जनाएको छ ।

कार्यक्रममा कतारका लागि नेपाली राजदूत रमेशचन्द्र पौडेल, सामाजिक व्यक्तित्व कमलमणि गुरागाइ, सागर नेपाल, एनआरएनए कतार अध्यक्ष रमेश भट्ट, अध्यक्ष भिम बराइली, कोशी प्रदेशका सबै जिल्लाका नेताहरु सहभागी हुनुहुन्थ्यो । सो अवसरमा आफ्नो धारणा राख्दै प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका उपसचिवसमेत रहनुभएका समाजसेवी पोख्रेलले आफूलाई सम्मानित गरेर संस्थाले नेपाली श्रमिकको पक्षमा काम गर्न थप हौसला प्रदान गरेको बताउनु भयो ।

जुन समय दोहामा दूतावास थिएन, त्यो बेला नेपाली मजदुरका हक, हित, अधिकारको निम्ति संस्था स्थापना गरिएको र आजसम्म पनि संस्थाले सक्रियताका साथ सामाजिक, आर्थिक कार्यहरु निरन्तरता दिएको भन्दै उहाँले खुशी पनि व्यक्त गर्नुभयो ।

आफुलाई सम्मान गरिएकोमा “मोरङ सुनसरी सेवा समाज कतारको सम्पुर्ण टिमप्रती हार्दिक कृतज्ञता व्यक्त गर्दै पोख्रेलले आफुले सक्दो, समयले साथ दिएसम्म सहयोग गर्ने बताउनु भयो । सो अवसरमा राजदूत पौडेलसहित बिभिन्न बक्ताहरुले प्रवासमा रहेका नेपालीको समस्या समाधान र कतारमा रहेका श्रमिकको हित केन्द्रित अभियानको बिषयमा आफ्नो धारणा राख्नुभएको थियो ।