जनता टाइम्स

२४ फाल्गुन २०८१, शनिबार ०८:२२

महिला सशक्तिकरण नभएसम्म समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न सकिन्न : मुख्यमन्त्री कार्की


विराटनगर, फागुन २४ ।कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले महिलाहरूको सशक्तिकरण र सामाजिक तथा राजनीतिक क्षेत्रमा स्थान नभएसम्म सुखी नेपाली समृद्ध नेपालको राष्ट्रिय आकांक्षा पूरा गर्न नसकिने बताउनुभएको छ।

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा शुभकामना सन्देश दिँदै मुख्यमन्त्री कार्कीले महिलाहरूको सशक्तिकरण र उहाँहरूको राजनीतिक क्षेत्रमा पहुँच स्थापना हुनुपर्नेमा जोड दिनुभएको छ।

उहाँले हाम्रो समाजमा रहेका सबै विभेद र कुरुतिलाई हटाउँदै समुन्नत समाज निर्माण गर्नका लागि पर्नुपर्ने उल्लेख गर्नुभएको छ। कोशी प्रदेश सरकार स्थापना कालदेखि नै महिलाहरूको सशक्तिकरण , उहाँहरूको समृद्धि र विकासका लागि प्रतिबद्ध भएको उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले राज्यका हरेक निकायमा उहाँहरूको अर्थपूर्ण सहभागिता र पहुँच वृद्धि हुनुपर्ने बताउनुभएको छ ।

नेपाली जनताको ७० वर्षको त्याग र बलिदानीबाट बनेको संविधानसभा मार्फतबाट बनेको संविधानले महिला अधिकार स्थापित गर्नका लागि महत्वपूर्ण भूमिका खेलेको मुख्यमन्त्री कार्कीले स्मरण गर्नुभएको छ।

महिलाहरूको त्याग र उहाँहरूको समर्पणले आजको अवस्था आइपुगेको चर्चा गर्दै यो दिवसले सबैलाई अगाडि बढ्न प्रेरणा मिल्ने उहाँले विश्वास व्यक्त गर्नुभएको छ।