काठमाडौँ, फागुन २७ । प्रेस चौतारी नेपाल सार्वजनिक सेवा प्रसारण नेपाल प्रतिष्ठान शाखाको प्रथम अधिवेशन सम्पन्न भएको छ ।
मंगलबार सम्पन्न अधिवेशनले बेञ्जु सुवेदीको अध्यक्षतामा सर्वसम्मत नेतृत्व चयन गरेको छ । १७ सदस्यीय नयाँ समितिको उपाध्यक्षमा अनन्त चालिसे र दुर्गा अधिकारी हुनुहुन्छ ।
यसैगरी सचिवमा सुशील अधिकारी, सहसचिवमा कौशल घिमिरे, कुशल अर्याल र कोषाध्यक्षमा बसन्ता भुसाल चयन हुनुभएको छ ।
सदस्यहरूमा तारा खतिवडा, सम्झना पौडेल, अनिल हुमागाईँ, सुमन कुमार श्रेष्ठ, ज्योति काफ्ले र सितु मानन्धर चयन हुनुभएको छ ।
केन्द्रीय प्रतिनिधिहरूमा रामबाबु अधिकारी, दीपक समीर, नरेन्द्र विष्ट चयन हुनुभएको छ । प्रतिष्ठान प्रदेश प्रतिनिधिमा अर्जुन सापकोटा, मञ्जिल घिमिरे, परमानन्द राय र महेश निरौला चयन हुनुभएको छ ।
अधिवेशनको प्रेस चौतारी नेपालका केन्द्री अध्यक्ष गणेश बस्नेतले उद्घाटन गर्नुभएको थियो ।
कार्यक्रममा सार्वजनिक सेवा प्रसारण नेपालका निमित्त प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र खत्रीले श्रमजीवी पत्रकारका हकका विषयमा संगठनहरुले मिलेर काम गर्नुपर्ने बताउनुभयो ।
यस्तै सार्वजनिक सेवा प्रसारण नेपाल नेपाल टेलिभिजनका निमित्त नायव महाप्रबन्धक चिन्तामणि बरालले पत्रकारिता र प्रसारण जगतलाई थप प्रभावकारी बनाउन प्रेस चौतारी नेपाललाई प्रभावकारी भूमिका खेल्न सुझाव दिनुभयो ।
प्रेस चौतारी नेपालका संस्थापक सचिव प्रमोदकुमार सिंहले लामो समयको गृहकार्यपछि प्रेस चौतारी नेपाल टेलिभिजन र रेडियो नेपाल शाखा एकीकृत भई साझा उद्देश्यका लागि एक ठाउँमा आएका बताउनुभयो ।
कार्यक्रममा सार्वजनिक सेवा प्रसारण नेपालका सञ्चालक समितिका सदस्य फुलमान बल, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य भोजबहादुर विश्वकर्मा, नेपाल पत्रकार महासङ्घ नेपाल टेलिभिजनका अध्यक्ष सुरेन्द्र पौडेल, प्रदेश इञ्चार्ज मोहन बास्तोला, प्रतिष्ठान प्रदेश अध्यक्ष सरोज ढुङ्गेल, नेपाल पत्रकार महासंघ रेडियो नेपाल शाखाका उपाध्यक्ष चन्दा विष्ट लगायतले धारणा राख्नु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्