जनता टाइम्स

४ चैत्र २०८१, सोमबार ०६:५६

आज पनि केही ठाउँमा चट्याङसहित वर्षा, तराईमा हावाहुरीको सम्भावना


काठमाडौं, ४ चैत्र ।  हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीका साथै स्थानीय वायुको समेत आंशिक प्रभाव परेको छ ।

देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । आज सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका एकरदुई स्थानमा मेघगर्जनरचट्याङ्गसहित हल्का वर्षा भइरहेको मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार सुदूरपश्चिम र कर्णालीका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा तथा बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको छ ।

साथै कोशी प्रदेश र मधेश प्रदेशका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा सतर्कता अपनाउन अनुरोध गरिएको छ ।