काठमाडौं, ८ चैत। राष्ट्रिय सभामा मर्यादित महिनावारीका लागि महिनावारी विभेदको अन्त्यसम्बन्धी संकल्प प्रश्ताव पेश भएको छ । राष्ट्रिय सभाको आजको बैठकमा नेकपा ९एकीकृत समाजवादी०की सांसद मदनकुमारी साहले ‘मर्यादित महिनावारीका लागि महिनावारी विभेदको अन्त्य सम्बन्धी’ संकल्प प्रश्ताव प्रस्तुत गर्नुभएको हो ।
सांसदहरु सुमित्रा विसी, गङ्गा बेल्वासे, विष्णुकुमारी सापकोटा, पूजा चौधरी र डा। अञ्जान शाक्य प्रश्तावको समर्थक हुनुहुन्छ । मर्यादित महिनावारीसम्बन्धी संकल्प प्रश्ताव पेश गर्दै सांसद साहले देशको ९५ प्रतिशत परिवारमा अझै पनि महिनावारीको बेला महिलाहरु विभेदमा पर्ने गरेको बताउनुभयो । उहाँले महिनावारी प्राकृतिक प्रक्रिया भएको भन्दै यस्ता विभेदहरु निर्मूल पार्न आवश्यक रहेको बताउनुभयो ।
संकल्प प्रश्तावका समर्थक सांसदहरुले समेत महिनावारीको विभेदका कारण बालिकाहरुमा गम्भिर असर पर्ने र यो मानव अधिकारको उल्लङ्घन भएको बताउनुभएको छ । यस्ता प्रकारका विभेदलाई जरैदेखि अन्त्य गर्नुपर्नेमा उहाँहरुको जोड छ ।













प्रतिक्रिया दिनुहोस्