काठमाडौं, असार ३२ । प्रधानमन्त्री बालेन शाहले गणतन्त्रबिरोधी दलबाटै राजनीतिक संवादको सुरुवात गर्नुभएको छ । गत बर्षको चैत १३ गते प्रधानमन्त्रीका रुपमा सिंहदरवार छिर्नुभएका प्रधानमन्त्री बालेनले राजनीतिक संवादको पहिलो प्राथमिकतामा राजावादी दल राप्रपालाई राखेर संवादको सुरुवात गर्नुभएको हो ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपाले गणतन्त्रबिरोधी कुनैपनि कुरामा साथ होइन प्रतिवाद भन्ने घोषणा गरेको बेला प्रधानमन्त्रीले गणतन्त्रबिरोधी दललाई साथमा लिन बिहीवार र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहित नेताहरूलाई आफ्नो कार्यकक्षमा निम्त्याएर संवाद गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा भएको कुराकानीमा सरकारको संबिधान संशोधन र गणतन्त्रवादी दललाई ठेगान लगाउने कुरामा साथ माग्नुभएको राजनीतिक बिश्लेषकहरूको अनुमान छ ।
प्रधानमन्त्री बालेनको सचिवालयले घेटमा समसामयिक राजनीतिक घटनाक्रम, मुलुकको पछिल्लो अवस्था र आपसी हितका विभिन्न विषयहरूमा प्रधानमन्त्री र राप्रपा नेताहरूबीच छलफल भएको जानकारी दिएको छ । राप्रपाले सार्वजनिक रुपमै राजा ल्याउने संबिधान संशोधनमा रास्वपा र सरकारको साथमा रहेको घोषणा गरिसकेको छ ।
प्रधानमन्त्रीसँगको छलफलमा राप्रपा अध्यक्ष लिङ्देनसहित वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, प्रमुख सचेतक खुस्बु ओली सहभागी हुनुभएको थियो । सो क्रममा पनि राप्रपाले राजा ल्याउने संबिधान संशोधनको पक्षमा आफूहरू सरकारको साथमा रहेको प्रष्ट पारेको छ ।













प्रतिक्रिया दिनुहोस्