यी सवै प्रयाशले प्रधानमन्त्री ओलीको भ्रमण निकै सफल बनेको तस्विर देखाएको छ । आगामी दिनमा प्राप्त हुने परिणामले केपी ओलीको नाम नै सुन्न नचाहनेहरु पनि ओलीलाई गाली गरेर जीवनमा ठूलो भूल गरिएछ भन्दै पछुताउने अवस्थामा पुग्नेछन । यो निश्कर्षमा पुगेर पछुताउनु भन्दा समय छँदै दोषी चष्मा उतारेर प्रधानमन्त्रीको समृद्धिको अभियानमा सघाउनु नै आफू र देशको लागि हितकर हुनेछ भन्नेमा चाँहि अव दुविधा पाल्नुहुन्न ।
गणेश बस्नेत
प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को छैटौँ शिखर सम्मेलनमा सहभागी भई शनिवार स्वदेश फर्किनुभयो । बिम्स्टेक शिखर सम्मेलनमा सम्बोधनको क्रममा ८ वटा बिशेष मुद्दा उठाएर सवै राष्ट्रको ध्यान नेपालतिर तान्न सफल हुनुभएका प्रधानमन्त्री ओलीले बैंककमा रहँदा सरकार प्रमुख, राष्ट्र प्रमुखँगको भेटमा नेपालको राष्ट्रिय आकांक्षा समृद्ध नेपाल, सुखी नेपाली निर्माण अभियानबारे बुझाउँदै सहयोग जुटाउने पहल गर्नुभयो ।
अर्थात थाइल्याण्डको बसाईमा प्रधानमन्त्री ओलीले नेपालको शीर उचो बनाउनु भयो । प्रधानमन्त्री ओलीको थाइल्याण्ड भ्रमणको क्रममा सवैभन्दा चर्चा छिमेकी मित्रराष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटबार्ता रह्यो । भारतको हरेक बिषयमा चासो राख्ने नेपालीको आद्धत परेकोले पनि हुनसक्छ, भारतीय प्रधानमन्त्री मोदीसँगको भेट दक्षिण एशियामै चर्चायोग्य बिषय बन्यो । देशवासीदेखि छिमेकका जनतासम्मको चासो बुझेरै प्रधानमन्त्री ओलीले स्वदेश फर्कन साथ बिमानस्थलमै पत्रकार सम्मेलन गरी नेपाल–भारत सम्बन्धलाई सुदृढ र मजबुत गर्दै लैजान्छौं भन्ने उदघोष गर्नुभयो ।
थाइल्याण्डमा नेपाल र नेपालीको शीर सगरमाथा झै उचो शीर बनाएर फर्कनुभएको प्रधानमन्त्री ओलीले बिमानस्थलमा उचो शीरसहित थाइल्याण्ड भ्रमणको सबिस्तार जानकारी गराएर देशवासीलाई आफ्नो भ्रमणको उपलब्धी सुनाउनु भयो । अरु प्रधानमन्त्री नभएको कुरा सुनाएर मिडियासँग भागेर हिडने बिगतलाई मेटाउँदै प्रधानमन्त्री ओलीले स्वाभिमानी नेपालीको शान कस्तो हुन्छ भन्ने महसुस पनि गराउनु भयो । यतिसम्म कि भारतका प्रधानमन्त्री मोदीले समेत प्रधानमन्त्री अोलीसँगको भेटलाई बिशेष महत्वको रुपमा लिएको सार्वजनिक जनाउ दिनुभयो । प्रधानमन्त्री ओलीसँगको भेटबारे मोदीले नेपाली भाषामै ट्वीट गर्नुभयो ।
बिगतमा नेपालमाथि कूदृष्टि लगाउँदा भोग्नुपरेको परिणामलाई महसुस गरी भारतका प्रधानमन्त्री मोदीले नेपाली भाषामा भेटबारे लख्नुभयो, ‘बैंककमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटघाट फलदायी रह्यो। भारतले नेपालसँगको सम्बन्धलाई ठूलो प्राथमिकता दिएको छ । हामीले भारत–नेपाल मित्रताका विभिन्न पक्षहरू विशेष गरी ऊर्जा, कनेक्टिभिटी, संस्कृति र डिजिटल प्रविधि जस्ता क्षेत्रहरूमा छलफल गर्यौं । हामीले यस वर्षको बिमस्टेक शिखर सम्मेलनबाट प्राप्त केही प्रमुख सकारात्मक परिणामहरू विशेष गरी विपद् व्यवस्थापन र समुद्री यातायातका क्षेत्रहरूमा पनि कुरा गर्यौं ।’
भारतका प्रधानमन्त्री मोदीको यो भनाईले प्रधानमन्त्री ओलीको बैंकक बसाई नेपालका लागि निकै फलदायी बनेको प्रष्टै तस्विर देखाउँछ । प्रधानमन्त्री ओलीले पनि मोदीसँगको भेटबारे ट्वीटमै लेख्नुभयो, ‘मेरा प्रिय मित्र, भारतका प्रधानमन्त्री श्री नरेन्द्र मोदीजीसँग आज बैंककमा आत्मीय र सौहार्दपूर्ण संवाद भयो । हाम्रो संवाद अत्यन्त सार्थक रह्यो । हामीले नेपाल–भारत सम्बन्धका विभिन्न पक्षमा छलफल गर्यौं । विम्स्टेक शिखर सम्मेलनले उठान गरेका मुद्दाका साथै दुई देशीय सम्बन्ध र क्षेत्रीय सहकार्यलाई अगाडि बढाउन नयाँ साझेदारीका लागि यो संवाद महत्वपूर्ण हुने छ ।’
यही तथ्य बुझेर पूर्वसञ्चारमन्त्री तथा लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्रीसमेत रहनुभएका एमाले महासभिव शंकर पोखरेलले दुई देशका प्रधानमन्त्रीको बार्तामा नेपालको हित मुखरित भएको भन्दै बधाई दिनुभएको छ ।
भेटबारे एमाले महासचिव पोखरेलले लेख्नुभएको छ, ‘दृढ र अविचलित हुँदा पनि सम्वन्धलाई सुधार गर्न सकिन्छ र मित्रतालाई थप मजवुत बनाउन सकिन्छ भन्ने दृष्टान्त हो, नेपाल र भारतका प्रधामन्त्री बिचको सम्वाद र सम्वाद पछिको दुबै देशका प्रधानमन्त्रीहरुको सकारात्मक र उत्साहप्रद प्रतिकृया । छिमेकीहरु बिचको परस्परको विश्वास, समझदारी र सहकार्यका माध्यमवाट क्षेत्रिय शान्ति र त्यसका माध्यमवाट आर्थिक समृद्धि अवको वाटो हो भन्ने कुराले नै भविष्यमा एशिया पुनः विश्व सभ्यताको केन्द्र वन्न सफल हुनेछ । बधाई छ दुबै देशका अनुभवी प्रधानमन्त्रीहरुलाई ।’ एमाले महासचिव पोखरेलको यो निश्कषलाई भारततिरका मिडियाले गरेको बिश्लेषणले पनि थप उजागर गरेको छ ।
बैंककमा भएको भेटबार्तापछि दुवै देशका प्रधानमन्त्रीबाट आएको प्रतिक्रिया, दुवै देशका जनतामा परेको प्रभाव र मिडियाको बिश्लेषणलाई बिना आग्रह पूर्वाग्रह सुष्म ढंगले बिश्लेषण गर्ने हो भने नेपालका लागि धेरै उत्साहजनक सहमति भएको प्रष्टै देखिन्छ । साहित्यकार तथा जननायक बिपि कोइरालाको ‘दोषी चस्मा’ मा परिकल्पना गरेका पात्रहरुबाहेक सवै नेपालीले ओली–मोदी भेटबार्ता नेपालको लागि सहकार्य र नयाँ युगको थालनीका रुपमा बुझेका छन । दृढ आत्मबिश्वास र स्वाभिमानका साथ बैंकक बसाईमा नेपालको समृद्धिको खाकामा सहमत गराउने काममा प्रधानमन्त्री ओलीले निर्वाह गर्नुभएको भूमिकासँगै बिम्स्टेक सम्मेलनमा उठान गर्नुभएको ८ बिषयले बिश्व समुदाय नै नेपाललाई सुन्ने अवस्थामा पुगेको महसुस हुन्छ ।
दमदार सम्बोधन, प्राथमिकतामा ८ मुद्दा
थाइल्याण्डको राजधानी बैंककमा भएको बिम्स्टेकको छैटौं शिखर सम्मेलनमा सम्बोधनको क्रममा प्रधानमन्त्री ओलीले सार्कका पाँच देश (नेपाल, भुटान, बंगलादेश, भारत र श्रीलंका) र आसियानका दुई मुलुक (म्यानमार र थाइल्याण्ड) सदस्य भएको बिम्स्टेकमा विभिन्न मुद्दा उठाउनु भयो । सम्बोधनमा ओलीले नेपालको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को आफ्नो नारा पनि दोहोर्याउनु भएका प्रधानमन्त्री ओलीले बिम्स्टेकको जनमैत्री कम्पास, क्षेत्रीय जलविद्युत ग्रिड र हरित ऊर्जा सहकार्यदेखि बिम्स्टेक सदस्यहरूलाई विशेष सहायता, सामुद्रिक यातायातमा सम्झौता र हिमालको पग्लाइ र सगरमाथा संवादसम्मका बिषय उठान गर्नुभयो ।
जस्ले सहभागी सवै राष्ट्रका प्रमुख तथा कार्यकारी प्रमुखको ध्यान तान्न सफल भएको छ । यी सवै प्रयाशले प्रधानमन्त्री ओलीको भ्रमण निकै सफल बनेको तस्विर देखाएको छ । आगामी दिनमा प्राप्त हुने परिणामले केपी ओलीको नाम नै सुन्न नचाहनेहरु पनि ओलीलाई गाली गरेर जीवनमा ठूलो भूल गरिएछ भन्दै पछुताउने अवस्थामा पुग्नेछन । यो निश्कर्षमा पुगेर पछुताउनु भन्दा समय छँदै दोषी चष्मा उतारेर प्रधानमन्त्रीको समृद्धिको अभियानमा सघाउनु नै आफू र देशको लागि हितकर हुनेछ भन्नेमा चाँहि अव दुविधा पाल्नुहुन्न ।
प्रतिक्रिया दिनुहोस्