काठमाडौं, ६ जेठ । मन्त्रिपरिगषद् बैठक बोलाइएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार साँझ ५ बजे बस्नेगरी बैठक बोलाइएको एक मन्त्रीले जानकारी दिनुभयो ।
मन्त्रिपरिषद् बैठक बस्नुअघि आजै कांग्रेस सभापति शेरबहादुर देउवासँग प्रधानमन्त्री केपी शर्मा ओलीले छलफल गर्नुभएको थियो । लगत्तै बैठक बोलाइएको हो । नियमित रुपमा हिजो (सोमबार) बस्नुपर्ने बैठक अन्तिम समयमा स्थगित गरिएको थियो ।
स्वास्थ्यको कारण देखाउँदै प्रधानमन्त्री ओलीले बैठक स्थगित भएको जानकारी गराउनुभएको थियो । आजको बैठकबाट नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति गर्ने चर्चा छ । यद्यपि, यो समाचार तयार पार्दासम्म गभर्नर नियुक्तिका लागि बनेको सिफारिस समितिको बैठक भने बसेको छैन ।
प्रतिक्रिया दिनुहोस्