जनता टाइम्स

१५ जेष्ठ २०८२, बिहीबार २०:४५

मन्थलीमा वाग्मती प्रदेशस्तरीय फोटो पत्रकारिता तथा व्यक्तित्व विकास तालिम


रामेछाप, १५ जेठ । वाग्मती प्रदेशस्तरीय फोटो पत्रकारिता तथा व्यक्तित्व विकास तालिम बिहीबारबाट मन्थलीमा सुरु भएको छ ।

राष्ट्रिय फोटो पत्रकार समूह, नेपाल वग्मती प्रदेश समितिको आयोजनामा तालिम सुरु भएको हो । तीन दिने तालिममा वाग्मती प्रदेशका १३ जिल्लाका ३५ फोटो पत्रकारहरूको सहभागिता रहेको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालय वाग्मती प्रदेशको सहयोगमा भएको तालिम राष्ट्रिय फोटो पत्रकार समूह नेपाल रामेछापको सहजिकरणमा सञ्चालन भएको हो । तालिमको समूहका केन्द्रीय अध्यक्ष प्रदीपराज वन्तले उद्घाटन गर्नुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महा‌ंघका केन्द्रीय सदस्य नवराज पथिक, जिल्ला अध्यक्ष दीपक घिमिरे लगायतले तालिम सफलताकाे शुभकामना दिनुभएकाे थियाे । तालिममा फोटो खिच्ने, इडिट गर्ने तथा प्रयोग गर्ने सम्बन्धमा प्रशिक्षण दिइने आयोजकले जनाएको छ ।