काठमाडौँ । सार्वजनिक यातायात क्षेत्रको संरक्षण र अधिकार सुनिश्चितताको माग गर्दै जारी आन्दोलनमा नेपाल ट्रक यातायात व्यवसायी महासङ्घ सक्रिय रूपमा सहभागी हुने भएको छ । महासङ्घको आइतबार बसेको कार्यसमिति बैठकले सार्वजनिक यातायात बचाउ केन्द्रीय सङ्घर्ष समितिले निर्धारण गरेका विरोध कार्यक्रमहरूमा सक्रिय सहभागिता जनाउने निर्णय गरेको हो ।
यसैबिच सङ्घर्ष समितिले आन्दोलनका क्रममा माइतीघर मण्डलामा सोमबार दिउँसो साढे १२ बजे विरोध सभा गर्ने निर्णय समेत गरेको छ । प्रदेश सरकारहरूले ल्याइरहेका नियमावली सङ्घीय ऐनसँग बाझिने किसिमका रहेको भन्दै सार्वजनिक यातायात क्षेत्र नै विस्थापित हुने खतरामा पुगेको महासङ्घको अध्यक्षमा हिरालाल श्रेष्ठले बताए ।
प्रतिक्रिया दिनुहोस्