काठमाडौं, १९ जेठ । नेकपा माओवादी केन्द्रले गृह मन्त्री रमेश लेखकको राजीनामा नआएसम्म संसद्को अवरोध कायमै राख्ने निर्णय गरेको छ ।
सोमबार संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको माओवादी संसदीय दलको बैठकले भिजिट भिसा प्रकरणमा गृह मन्त्रीले राजीनामा नदिएसम्म संसद् चल्न नदिने निर्णय गरेको हो । माओवादीले भोलि बोलाइएको प्रतिनिधि सभा बैठक अवरुद्ध गर्ने निर्णय गरेको छ ।
भिजिट भिसा प्रकरणमा सेटिङ भएको जनाउँदै माओवादीले को को संलग्न छन् भन्ने कुरा छानबिनले देखाउने जनाएको छ । छानबिनको लागि मार्ग प्रशस्त गर्न गृह मन्त्रीले राजीनामा दिनु पर्ने माओवादीको माग छ ।
बैठकले गृह मन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको छ ।
सरकारले ल्याएको आगामी वर्षको बजेट आधारभूत वर्गलाई नछोएको समेत माओवादीले निष्कर्ष निकालेको छ ।
प्रतिक्रिया दिनुहोस्