जनता टाइम्स

१ असार २०८२, आईतवार २३:२८

स्कुलको कम्पाउन्डभित्र रहेको घरमा दुई जना मृत भेटिए


काठमाडौं, असार १ । काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–४ पासिकोटमा दुईजना मृत अवस्थामा फेला परेका छन् ।

बूढानीलकण्ठ–४ पासिकोटस्थित थ्रिस्टार किडजोन स्कुलको कम्पाउन्डभित्र रहेको सुनिता सिंह ठकुरीको घरमा दुई जना मृत भेटिएका हुन । प्रहरीका अनुसार भारतको चण्डिगढ घर भएका ५४ वर्षीय परमनारायण गिल र धादिङको गल्छी गाउँपालिका–६ घर भई हाल सोही घरमा काम गरी बस्ने २८ वर्षीया अन्जना तामाङ मृत फेला परेका हुन ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले मृतकमध्ये अन्जनाको टाउकामा चोट रहेको बताउनुभयो । घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको रयकिन तथ्य खुलिनसकेको उहाँको भनाई छ ।