कतार, साउन १७ । गैर आवासीय नेपाली संघ (एनआरएनए) कतारको नवनिर्वाचित कार्यसमितिले आफ्नो कार्यभार सम्हालेको छ ।
एनआरएनए अन्तराष्ट्रिय समन्वय परिषदका अध्यक्ष डा. बद्रि केसीको प्रमुख आतिथ्यतामा यही अगष्ट एक तारिकका दिन पदभार ग्रहणसहित आगामी एनआरएनए कतारले कार्यभार सम्हालेको हो ।
यही जुलाई ३१ तारिक भएको एनआरएनए कतारको ११औं अधिवेशनबाट पदम गिरी सर्वसम्मत अध्यक्ष निर्वाचित हुनुभएको थियो । अध्यक्ष गिरीसहित सवै कार्यसमिति यसपटक निर्बिरोध निर्वाचित भएको हो । अधिवेशनले प्रथम उपाध्यक्षमा रोशनअर्याल, द्धितीय उपाध्यक्षमा सुवाससिंह थापा, तृतीय उपाध्यक्षमा लिला राई, युवा उपाध्यक्षमा टंकबहादुर बिक, महासचिवमा शिवकुमार भुजेल निर्वाचित गरेको थियो ।
यस्तै सचिवमा खेमराज सुवेदी, कोषाध्यक्षमा प्रेमकुमार बस्नेत र सहकोषाध्यक्षमा मो. आजान मन्सुर, महिला संयोजकमा अप्सना मिया, युवा संयोजकमा छमबहादुर चन्दलाई सर्वसम्मत निर्वाचित गरेको हो ।
आगामी दुई बर्षका लागि निर्वाचित कार्यसमितिलाई आइसीसी अध्यक्ष बद्रि केसी, प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका उपसचिव चानक पोखरेललगायतका बक्ताहरुले बधाई तथा शुभकामना दिनुभएको थियो ।

















प्रतिक्रिया दिनुहोस्