पाल्पा, १८ साउन । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) पाल्पाको २५ औँ जिल्ला अधिवेशनबाट सन्देश ढकालको अध्यक्षतामा ३१ सदस्यीय नयाँ कमिटी सर्वसम्मतरूपमा चयन भएकाे छ।
अधिवेशनले उपाध्यक्षमा केशव नेपाल र इन्दु गाहालाई चयन गरेको छ । सचिवमा सुशील रेग्मी चयन हुनुभएकाे छ। त्यस्तै, सहसचिवमा विपिन पङ्गेनी, दुर्गा बिक, सृजना बस्याल र चाँदनी न्यौपाने निर्वाचित हुनुभएकाे छ । कोषाध्यक्षमा शीर्षा पौडेल चुनिनु भएकाे छ ।
अन्य सदस्यहरु पनि स्वरसम्मत निर्वाचित हुनुभएकाे छ ।













प्रतिक्रिया दिनुहोस्