सुर्खेत, साउन १९ । नेकपा एमाले कर्णाली प्रदेश कमिटीको छैटौँ बैठक सोमबारदेखि सुर्खेतमा सुरु भएको छ। बैठक एमाले कर्णाली प्रदेश अध्यक्ष गुलाबजंग शाहाको अध्यक्षतामा प्रारम्भ भएको हो।
बैठकमा पार्टी स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेल, स्थायी कमिटी सदस्य एवं प्रदेश इन्चार्ज गोरखबहादुर बोगटीसहित वरिष्ठ नेताहरूको उपस्थिति रहेको छ।
पार्टी अध्यक्ष शाहका अनुसार बैठकमा आगामी विधान महाधिवेशनको सन्दर्भमा केन्द्रबाट पठाइएको विधान संशोधन प्रस्तावमाथि छलफल हुने छ। त्यसका साथै पार्टी सदस्यता नविकरण, सांगठनिक सुदृढीकरण, नियमित कार्यसमीक्षा लगायत विषयमा विस्तृत छलफल हुने जानकारी उहाँले दिनुभयो।

बैठकमा प्रदेश कमिटी सदस्यहरू, दशवटै जिल्लाका अध्यक्षहरू र कर्णाली क्षेत्रबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरू राजबहादुर बुढा, दल रावल, मोहनमाया ठकाली, दक्षिणा शाही लगायतको सहभागिता रहेको छ।
एमाले कर्णालीले पछिल्लो समय सांगठनिक अभियानलाई तीव्र बनाउने प्रयत्न गरिरहेकामा यो बैठक रणनीतिक रूपमा महत्वपूर्ण मानिएको छ।













प्रतिक्रिया दिनुहोस्