जनता टाइम्स

२० श्रावण २०८२, मंगलवार १७:३४

नवनियुक्त मुख्यमन्त्री बानियाद्वारा सपथग्रहण


बागमती, २० साउन ।  बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पद तथा गोपनीयताको सपथ लिनुभएको छ ।

आज दिउँसो मुख्यमन्त्रीमा नियुक्त बानियाँलाई केही बेरअघि हेटौँडास्थित प्रदेश प्रमुखको कार्यालयमा एक समारोहबीच प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले पद तथा गोपनियताको सपथग्रहण गराउनुभयो । प्रदेश प्रमुख देवकोटाले संविधानको धारा १६८ को उपधारा २ बमोजिम बानियाँलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

नेपाली कांग्रेस र नेकपा (एमाले)का ६४ जना प्रदेशसभा सदस्यहरूको हस्ताक्षरसहित बानियाँले सोमबार प्रदेश प्रमुख देवकोटा समक्ष मुख्यमन्त्रीको दाबी पेश गर्नुभएको थियो । आजै मुख्यमन्त्री बानियाँले एमालेबाट ६ जना र कांग्रेसबाट २ जना गरी आठ सदस्यीय मन्त्रीपरिषद् विस्तार गर्ने तयारी गर्नुभएको छ ।