जनता टाइम्स

२० श्रावण २०८२, मंगलवार १७:३७

शर्मिला वाइबा पोखराबाट पक्राउ


काठमाडौँ । प्रहरीले शर्मिला वाइबालाई पोखराबाट पक्राउ गरेको छ । आफूलाई अभियन्ता दाबी गर्ने वाइबा मंगलबार पोखराको लेकसाइडबाट पक्राउ परेकी हुन् ।

साइबर अपराध सम्बन्धी मुद्दामा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी हरि बस्नेतले बताए ।

उनले भने, ‘काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको रहेछ ।’ वाइबालाई म्याद थप र अनुसन्धानको लागि काठमाडौँ ल्याइँदै छ ।