आवाजा (तुर्कमेनिस्तान), २० साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले भूपरिवेष्टित मुलुकका लागि कनेक्टिभिटी नै न्याय भएको बताउनुभएको छ ।
तुर्कमेनिस्तानको आवाजामा जारी भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनको ‘व्यापार तथा यातायात सम्पर्क विस्तार मार्फत क्षेत्रीय सुरक्षा र सहयोगको प्रवर्द्धन’ विषयक साइड इभेन्टमा प्रधानमन्त्री ओलीले भूपरिवेष्टित राष्ट्रहरू विकल्पले नभई बाध्यताले अलग हुन विवश भएको बताउनुभयो । ‘तटीय राष्ट्रहरूसँग यसको कुञ्जी छ, सम्पर्क सञ्जाल खोल्नु उनीहरूको कर्तव्य हो’, उहाँले भन्नुभयो ।

उहाँले समृद्धलाई मूल एजेण्डा बनाएर काम गर्नु पर्नेमा जोड दिनुभयो । ‘यो अनुग्रह होइन, अवरोधलाई नवप्रवर्तनमा बदलौँ, यसलाई साझा समृद्धिको इन्जिन बनाऔँ भन्ने आव्हान हो’, उहाँले भन्नुभयो ।














प्रतिक्रिया दिनुहोस्