काठमाडौँ, २० साउन। पर्सामा ३४ वर्षीया महिलालाई बन्धक बनाएर सामूहिक बलात्कार गर्ने आरोपीहरूलाई प्रहरीले ३ महिनापछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा बहुदरमाई नगरपालिका–२ घर भएका ४० वर्षीय नेक महमद र रौतहट भएर भएर वीरगञ्ज बस्ने २१ वर्षीय अफताव अन्सारी छन् ।
उनीहरूले २०८२ वैशाख २० मा गोठबाट फर्किँदै गरेकी महिलालाई बाटोमा घेरा हालेर अपहरण गरेर सामूहिक बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी किशोर लम्सालले बताउभयो । आरोपीहरूले पीडितलाई वीरगञ्जको बसपार्क स्थित गणेश होटलमा लगेर बलात्कार गरेका हुन् । ३ दिनसम्म बन्धक बनाएर सामूहिक बलात्कार गरेर पीडितलाई उनीहरूले वैशाख २३ मा बिहान घडिअर्वा पोखरीमा ल्याएर छाडेर भागेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । मंगलबार उनीहरूलाई वीरगञ्ज महानगरपालिका–१५ स्थित प्रतिमा चोकबाट पक्राउ गरिएको डीएसपी लम्सालले जानकारी दिनुभयो । आरोपीहरूमाथि अनुसन्धान गर्न अदालतले ५ दिनको म्याद दिएको छ । आरोपी नेक महमदले वीरगञ्ज महानगरपालिका–१३ स्थित राधेमाईमा मोटरसाइकल वर्कशप सञ्चालन गरेका छन् । अर्का आरोपी अफताव अन्सारी सो वर्कसपमा काम गर्दै आएका छन् ।













प्रतिक्रिया दिनुहोस्