जनता टाइम्स

२२ श्रावण २०८२, बिहिबार ०६:४८

अवैधरूपमा खाडी पठाउन लागिएका ४० महिलाको भारतबाट उद्धार


काठमाडौं, २२ साउन ।  अवैधरूपमा खाडी पठाउन लागिएका ४० महिलाको भारतबाट उद्धार गरिएको छ । भारतस्थित नेपाली दूतावासले उनीहरूलाई उद्धार गरेको हो । भारतका लागि नेपाली राजदूत शंकर शर्माका अनुसार, उद्धार गरिएका महिलाहरूलाई बुधवार नेपाल पठाइएको छ ।
गैरकानुनी ढंगबाट भारत हुँदै घरेलु कामदारका रूपमा खाडी मुलुकहरूमा लैजान लागिएका ४० जना नेपाली महिलाहरूलाई राजदूतावासले उद्धार गरी बुधवार नेपाल पठाएको छ, राजदूत शर्माले भन्नुभएको छ ।