जनता टाइम्स

२३ श्रावण २०८२, शुक्रबार १७:१४

एमाले दोलखाको पदाधिकारी बैठक सम्पन्न, भदौ ३ गते पूर्णबैठक हुने 


दोलखा, साउन २३ । नेकपा एमाले जिल्ला कमिटी दोलखाको पदाधिकारी बैठक सम्पन्न भएको छ । पार्टीको आसन्न विधान महाधिवेशनलाई दृष्टिगत गर्दै बैठकले संगठनात्मक तयारीका विषयमा छलफल गरेको छ ।

एमाले पोलिटब्युरो सदस्य तथा दोलखा जिल्ला इन्चार्ज पार्वत गुरुङको उपस्थितिमा सम्पन्न उक्त बैठकमा विधान महाधिवेशनसँग सम्बन्धित मुद्दा र केही औपचारिक विषयवस्तुमा प्रारम्भिक विचार विमर्श भएको जिल्ला कमिटी उपाध्यक्ष राजेन्द्र मानन्धरले जानकारी दिनुभयो । बैठकले पार्टीको आगामी कार्यक्रम, सांगठनिक गतिविधि र विगतका कामको समीक्षा आगामी भदौ २ गते हुने पदाधिकारी बैठकमा विस्तृत रूपमा गरिने निर्णय गरेको छ ।

पदाधिकारी बैठकको एक दिनपछि भदौ ३ गते एमाले दोलखा जिल्ला कमिटीको पूर्ण बैठक बस्ने तय भएको छ । सो बैठकले जिल्ला कमिटीको आगामी रणनीति र विधान महाधिवेशनमा जिल्लाको भूमिकासमेत तय गर्ने मानन्धरले जानकारी दिनुभयो ।