जनता टाइम्स

२३ श्रावण २०८२, शुक्रबार २१:०२

फेक न्यूजको विषयमा बोल्यो कारागार कार्यालय रुपन्देही


काठमाडौं, २३ साउन । कारागार कार्यालय रुपन्देहीले सहकारी ठगीमा पुर्पक्षका लागि थुनामा रहेका पूर्व उपप्रधानमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेलाई छुट्टै कोठामा राखिएको जानकारी दिएको छ।
कारागार प्रशासक सुरेश भण्डारीद्वारा शुक्रबार जारी विज्ञप्तिमा चार महिनादेखि कारागारमा रहेका लामिछानेलाई सुरक्षा कारणले छुट्टै बसोबासको व्यवस्था गरिएको उल्लेख छ । कारागार प्रशासनले लामिछानेसँग नियमित भेटघाट गर्दै समस्या तथा आवश्यकताबारे जानकारी लिने र आवश्यक समाधान गर्ने कार्य भइरहेको उल्लेख गरेको छ।