काठमाडौं, साउन २४ । प्रधानमन्त्री केपी शर्मा ओलीले आजको दिन मनाइने जनै पूर्णिमा, ऋषि तर्पणी र रक्षा बन्धन पर्वलाई सत्य, शुद्धता, आत्मीयता र सम्बन्धको अटलताको प्रतीकका रूपमा वर्णन गर्दै शुभकामना व्यक्त गरेका छन्।
शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत सन्देश दिँदै उहाँले जनै पूर्णिमालाई सत्य, शुद्धता र स्वअनुशासनको प्रतीक, रक्षा बन्धनलाई आत्मीयजनको सम्बन्धलाई अटल बनाउने पर्व र ऋषि तर्पणीलाई प्राचीन विद्वानहरूको ज्ञानप्रति सम्मान स्वरूप मनाइने पर्वका रूपमा चित्रण गर्नुभएकाे छ ।
उहाँले लेख्नुभएको छ, ‘वर्षे बाली लगाइसकेर चिसोबाट बच्न गेडागुडी खाने पर्वका रूपमा हाम्रा पुर्खाले यसलाई मनाउँदै आएका छन्, जनै पूर्णिमालाई सत्य, शुद्धता र स्वअनुशासनको प्रतीक मानिन्छ भने रक्षा बन्धनलाई आत्मीयजनको सम्बन्धलाई अटल बनाउने पर्वका रूपमा मनाइन्छ, प्राचीन विद्वानहरूका ज्ञानदीपले मानव सभ्यतालाई दिएको प्रकाशको सम्मान स्वरूप ऋषि तर्पणी मनाइन्छ, सबैलाई जनै पूर्णिमा, ऋषि तर्पणी र रक्षा बन्धनको शुभकामना, सबैको जय होस्।’
यी पर्वहरूले नेपाली समाजमा आपसी प्रेम, विश्वास र एकताको भावना थप मजबुत बनाउने प्रधानमन्त्रीको धारणा छ ।













प्रतिक्रिया दिनुहोस्