काठमाडौं, साउन २४ । कैलालीको धनगढीस्थित कारागारमा भइरहेको असहज परिस्थितिलाई लिएर छलफल गर्न गृह मन्त्री रमेश लेखकले शनिबार सुरक्षा निकायका प्रमुखहरूलाई बोलाउनु भएको छ ।
कैदी बन्दीबिच झडपपछि उत्पन्न परिस्थितिका विषयमा छलफल गर्न मन्त्री लेखकले अहिले अपराह्न ४ बजे गृह मन्त्रालयमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरूलाई बोलाएको गृह मन्त्रीको सचिवालयले जनाएको छ ।छलफलमा गृह सचिव गोकर्णमणि दुवाडी, सुरक्षा तथा समन्वय महाशाखाका प्रमुख सहसचिव आनन्द काफ्ले लगायत सहभागी हुनुहुने छ ।
सो कारागारमा कैदी बन्दीबिच गएराति एकआपसमा झडप हुँदा एक जनाको छ । झडपमा अन्य ४७ जना घाइते भएका छन् ।
स्थानीय प्रशासनका अनुसार झडपमा घाइते भएकाहरूको धनगढीमा उपचार भइरहेको छ ।













प्रतिक्रिया दिनुहोस्