जनता टाइम्स

२५ श्रावण २०८२, आईतवार २१:२७

राज्यका सबै तहमा महिला अधिकार सुरक्षित छः शेरबहादुर देउवा


काठमाडौं, साउन २५ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले  संविधानले हरेक तहसम्म महिला अधिकार सुरक्षित हुने व्यवस्था गरेको बताउनुभएको छ।

आइतबार काठमाडौँमा आयोजित ‘लैंगिक संवेदनशीलता सम्बन्धी कार्यशाला’ कार्यक्रममा उहाँले संविधानमार्फत राजनीतिक रुपमा महिलालाई अगाडि बढाउनका लागि अधिकार सुरक्षित गरिएको स्पष्ट पार्नुभयो। उहाँले भन्नुभयो, ‘नेपाली काङ्ग्रेसको नेतृत्वमा भएको सरकारकै पालामा संविधान सभाबाट संविधान जारी गरी राष्ट्रपति, उपराष्ट्रपतिदेखि स्थानीय तहसम्म महिला अधिकार सुरक्षित हुने व्यवस्था गरेका हौँ।’

त्यस क्रममा उहाँले लैंगिक संवेदनशीलताको विषय सामाजिक रुपान्तरणका लागि महत्वपूर्ण रहेको उल्लेख गर्दै यसमा संवेदनशील बन्नुपर्नेमा जाेड दिनुभयाे । यसले सम्मानित र सुरक्षित समाज निर्माण सम्भव हुने धारणा उहाँकाे छ ।

लैंगिक संवेदनशीलता सामाजिक रुपान्तरणको लागि पनि महत्वपूर्ण विषय  भएकाे उहाँले बताउनुभयाे । ‘लैंगिक संवेदनशीलता कुनै विशेष वर्गको मात्र समस्या होइन, यो सामाजिक रुपान्तरणको लागि पनि महत्वपूर्ण विषय हो, हामी सबै यो विषयमा संवेदनशील बन्न सके मात्र सम्मानित, सुरक्षित र समावेशी समाज निर्माण गर्न सक्छौँ भन्ने हाम्रो विश्वास छ’, उहाँले भन्नुभयाे ।