काठमाडौं, असोज १२।जेनजी आन्दोलनको घटना छानबिनका लागि गठित जाँचबुझ आयोगले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहित पाँच जनाको विदेश भ्रमणमा रोक लगाउन सम्बन्धित निकायलाई सिफारिस गर्ने निर्णय गरेको छ।
आयोगको आज बसेको बैठकले पूर्वगृह मन्त्री रमेश लेखक, तत्कालीन गृह सचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन प्रमुख हुतराज थापा र काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छविलाल रिजालसहित ओलीको हकमा यस्तो निर्णय गरेको हो।
बैठकपछि आयोगले जनाएको अनुसार अनुसन्धानको सिलसिलामा यी पाँच जना व्यक्तिहरू अनुसन्धानको दायरामा रहेका कारण विदेश भ्रमणमा रोक लगाउन सिफारिस गरिएको हो। साथै, आवश्यकताअनुसार कुनै पनि समयमा आयोगमा उपस्थित हुनुपर्ने भएकाले आयोगको स्वीकृति विना काठमाडौं उपत्यका छाड्न नपाउने व्यवस्था मिलाइदिन सम्बन्धित निकायलाई पत्राचार गर्ने निर्णय गरिएको छ।














प्रतिक्रिया दिनुहोस्