काठमाडौं, असोज १२। नेपाल प्रहरीले चार जना प्रहरी नायव महानिरीक्षक (डिआइजी) लाई अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) बढुवाका लागि सिफारिस गरेको छ।
सिफारिसमा पहिलो नम्बरमा सुशिलसिंह राठौर, दोस्रो नम्बरमा उमाप्रसाद चर्तुवेदी, तेस्रो नम्बरमा हिमालयकुमार श्रेष्ठ र चौथो नम्बरमा डम्बरबहादुर बिक पर्नुभएको छ।
राठौर आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालयमा कार्यरत रहनुभएको छ भने चर्तुवेदी हाल मधेश प्रदेश प्रहरी प्रमुखको जिम्मेवारीमा हुनुहुन्छ। त्यस्तै, श्रेष्ठ अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत रहनुभएको छ भने बिक सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुखको जिम्मेवारीमा हुनुहुन्छ।
अब बस्ने मन्त्रिपरिषद् बैठकले एआईजी नियुक्त गर्नेछ।














प्रतिक्रिया दिनुहोस्