जनता टाइम्स

१४ आश्विन २०८२, मंगलवार ०९:३५

बालेनक चेलाकाे पाइपाई हिसाब हुन्छ, देश भर हिँड्न नसक्ने हालतमा पुग्छन् : महेश बस्नेत


काठमाडौं, असाेज १४ ।नेकपा एमालेका नेता महेश बस्नेतले उहाँ र उहाँको परिवारप्रति लक्षित  गरी तनावपूर्ण, भयङ्कर षडयन्त्र गरिएको बताउनुभएको छ ।

जेनजी समूहमार्फत आफू र आफ्नो परिवार विरुद्ध आक्रमण, धम्की र चरित्रहत्या अभियान सञ्चालन गरिएको उहाँले बताउनुभएको छ ।  घरबार विहीन बनाउने, सामाजिक रूपमा अपमानित गर्ने र दशैंको मुखमा आतङ्कित पार्ने प्रयास गरिएको उहाँको आरोप छ।

जेनजीका नाममा बुढाबुढी बा-आमालाई जिउँदै जलाएर मार्ने प्रयास गरिएको, श्रीमतीमाथि आक्रमण गर्ने योजना बनाइएको तर पहिचान नखुलेर जोगिएको, छोराछोरीलाई ‘नेपो बेबी’ भनेर बदनाम गर्ने अभियान चलाइएको उहाँले उल्लेख गर्नु भएको छ ।

बालेन, भिक्टर, कुमार, केपी खनाल, राजीव, वीरेन्द्र लगायत साइबर सेना लगाएर सडेको सिनो बोकेर जेनजीकाे नाममा चरित्र हत्या गरेर अनेक गर्न लगाइएको उहाँको आरोप छ।  ‘हजारौँ व्यक्तिलाई फोन गर्न लगाएर मार्छु भन्दै धम्काउन लगाइस्’, उहाँले लेख्नु भएको छ ।

‘दशैंको मुखमा घरबार विहीन बनाएर पनि आफूलाई गिरफ्तार गर्छु भनेर मिडिया ट्रायल चलाइएको उहाँले उल्लेख गर्नु भएको छ ।

‘अहिले दशैँको मुखमा घरबार विहीन बनाएर पनि मलाई गिरफ्तार गर्छु भनेर मिडिया ट्रायल गरेर मेरो घर परिवारमा आतङ्क र रुवाबासी गराइस्’, बस्नेतको आक्रोश छ ।
उहाँले यसको बदला लिएर छाड्ने चेतावनी पनि दिनुभएको छ ।  ‘ए बालेनको चेलो कान खोलेर सुन- तिमीहरूको पाइपाइ हिसाब हुन्छ र चुनचुन के बदला लिन्छु याद गर, देशभर हिँड्न नसक्ने हालतमा पुग्नेछौ, कानुन हातमा लिएर होइन, कानुन साथमा लिएर तँलाई ठिक पार्नेछु।’