जनता टाइम्स

१४ आश्विन २०८२, मंगलवार १९:४२

दलभित्रका कमजोरी सुधारेर जागे भने अहिले फुर्ति गर्ने टिक्दैनन् : विजय सुब्बा


काठमाडौं, असाेज १४ गते। नेकपा एमाले निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले वर्तमान राजनीतिक परिदृश्यमा देखिएका नयाँ उत्साह र गतिविधि धेरै दिन टिक्न नसक्ने टिप्पणी गर्नुभएको छ।

‘यसरी हेर्दा दलहरू सकिए झैँ देखिन्छ तर वास्तविकता त्यस्तो होइन, दलभित्र रहेका कमजोरी सुधारेर फेरि जागे भने स्थायी शक्तिको रूपमा रहन सक्छन्, अहिले फुर्ती गरेर देखाउनेहरूलाई भने दीर्घकालीन टिकाउपन गाह्रो हुन्छ,’ सुब्बाकाे भनाइ छ।

सुब्बाले राजनीतिक दलहरूको भित्री सुधार र संगठनात्मक पुनर्गठनलाई लोकतन्त्रको स्थायित्वसँग जोड्दै दलहरूका ऐतिहासिक भूमिका र जनतासँगको गहिरो सम्बन्धलाई आधार मान्नुपर्ने विचार व्यक्त गर्नुभएकाे छ ।

कमजाेरीलाई सुधार गर्दै राजनीतिक दल अघि बढ्नु पर्ने उहाँकाे धारणा छ । ‘कमजोरीलाई सम्बोधन गर्ने र सुधार्ने क्षमताले मात्र दलहरूको भविष्य निर्धारण गर्छ,’ सुब्बाको भनाइ छ।