जनता टाइम्स

२ कार्तिक २०८२, आईतवार २३:४५

भदौ २३ र २४ का घटनाको रहस्य खुल्दै जाँदा एमाले झनै लोकप्रिय बन्ने :  शंकर पोखरेल


काठमाडौँ, कात्तिक २। नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले भदौ २३ र २४ गते जेनजी आन्दोलनका नाममा भएका हत्या, आगजनी र तोडफोडका बीभत्स घटनाका रहस्य क्रमशः खुल्दै गएपछि एमाले जनतामाझ अझ बढी लोकप्रिय र विश्वसनीय पार्टी बन्ने विश्वास व्यक्त गर्नुभएको छ ।

उहाँले आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो धारणा सार्वजनिक गर्नुभएको हो । ती घटनाका पछाडि लुकेका यथार्थ क्रमशः उजागर हुँदै जाँदा एमालेप्रतिको जनआस्था झनै बलियो बन्ने र पार्टी जनताको विश्वासको केन्द्रका रूपमा स्थापित हुने उहाँको धारणा छ । महासचिव पोखरेलले आफ्नो स्ट्याटसमा लेख्नुभएको छ, ‘भदौ २३ र २४ गतेका बीभत्स घटनाका रहस्य क्रमशः खुल्दै जाँदा नेकपा (एमाले) जनताको सर्वाधिक लोकप्रिय र विश्वसनीय पार्टी बन्नेछ ।’

स्मरणीय छ, सो क्रममा आन्दोलनकारीका नाममा हिंसात्मक गतिविधि भई  युवा विद्यार्थीको हत्याका साथै, तोडफोड, आगजनी र प्रहरीमाथि आक्रमणका घटनाहरू भएका थिए । ती घटनाका विभिन्न पक्षबारे अहिले अनुसन्धान तथा तथ्य सार्वजनिक हुने क्रम जारी रहेको छ ।