काठमाडौं, कात्तिक ८ । नेपाल प्रिमियर लिग (एनपीएल) को विजेता टोलीले १ करोड ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले प्रतियोगिताको पुरस्कार राशि सार्वजनिक गर्दै विजेतादेखि तेस्रो स्थान हासिल गर्ने टोलीसम्मका लागि पुरस्कार रकम निर्धारण गरेको हो।
आज आयोजित पत्रकार सम्मेलनमा क्यानका कोषाध्यक्ष पदमबहादुर खड्काले प्रतियोगिताको पुरस्कार राशिबारे जानकारी गराउनुभएको हो।
घोषित पुरस्कार राशिअनुसार एनपीएलको विजेता टोलीले १ करोड ५० लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेता टोलीले ८० लाख रुपैयाँ पाउनेछ। त्यस्तै, प्रतियोगितामा तेस्रो स्थान हासिल गर्ने टोलीले ४० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ।
एनपीएल भोलिदेखि सुरु हुँदैछ। प्रतियोगितामा आठ फ्रेन्चाइज टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।














प्रतिक्रिया दिनुहोस्