काठमाडौं, कात्तिक ८ । काठमाडौं उपत्यकामा गएको २४ घण्टामा सवारी नियम उलङ्घन गर्ने ४७० सवारी चालक कारबाहीमा परेका छन्।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारीअनुसार शनिबार सवारी नियम उल्लङ्घन गर्ने ४ सय ७० सवारी साधनका चालक कारबाहीमा परेका हुन्।
कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीले मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने ९९, सिसी क्यामरामार्फत ४० र रातो बत्तीमा सवारी साधन चलाउने ३७ चालकलाई कारबाही गरिएको जानकारी दिनुभयो।
यस्तै, तीव्र गतिमा सवारी साधन चलाउने ११५, हर्न बजाएर सवारी साधन चलाउने नौ, लेन अनुशासन पालन नगर्ने दुई, ‘वान वे’ मा सवारी चलाउने सात र अन्य कसुरमा १६१ सवारी साधनलाई कारबाही गरिएको एसपी सुवेदीले जानकारी दिनुभयो ।
ट्राफिक प्रहरीले दशैंको समयमा सवारी नियम उलङ्घन गरी सवारी साधन चलाउने चालकमाथि कडा निगरानी तथा कारबाही गर्दै आएको छ।














प्रतिक्रिया दिनुहोस्