जनकपुरधाम, कात्तिक ८ । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा श्रीमान्–श्रीमती मृत फेला परेका छन्। ३० वर्षीया रिनादेवी यादव माइतीघरमा घाँटीमा धारिलो हतियार प्रहार भएको अवस्थामा मृत फेला परेकी हुन्।
उनका श्रीमान् ३५ वर्षीय उमेश यादव घरबाट करिब एक किलोमिटर टाढा रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ। उमेशको घर मिथिला बिहारी नगरपालिका–४ भरतपुर हो। उनी केही दिनअघि वैदेशिक रोजगारीबाट फर्किएका थिए भने घटनाको अघिल्लो दिन मात्र ससुराली पुगेका थिए।
मृतक दम्पतीका चार वर्षीय छोराको एउटा तिघ्रामा पनि धारिलो हतियार प्रहारको घाउ देखिएको छ।
धनुषाका प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालले घटनाको प्रकृति शंकास्पद देखिएको बताए। घटनास्थलमा पुगेर प्रहरीले अनुसन्धान गरिरहेको उनले जानकारी दिनुभयो ।














प्रतिक्रिया दिनुहोस्