जनता टाइम्स

८ कार्तिक २०८३, आइतबार ०७:१६

पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना


काठमाडौं, कात्तिक ८ । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका हिमाली र पहाडी भूभागमा आंशिक बदली हुने तथा केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार तराईका अधिकांश स्थानमा मौसम मुख्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने सम्भावना छ ।

आज राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागमा आंशिक बदली रहनेछ । देशका बाँकी हिमाली तथा पहाडी भूभागमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ ।

तराईका साथै उपत्यका र खोँचहरूमा बिहानको समयमा केही स्थानमा हुस्सु र कुहिरो लाग्ने महाशाखाले जनाएको छ ।

सोमबार पनि देशका हिमाली र पहाडी भूभागमा आंशिक बदली रहनेछ भने तराईमा मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।