काठमाडौं, ३ कात्तिक । गृहमन्त्री ओमप्रकाश अर्यालले अमेरिका भागेका भनेका नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री दीपक खड्का आफ्नो जलेको घरमा सार्वजनिक हुनुभएकाे छ। खड्का अहिले आफ्नो बुढानीलकण्ठमा रहेको आन्दोलनकारीले जलाएको घरमा पत्रकारहरुसँग अन्तरक्रिया गरिरहनुभएकाे छ ।
यसअघि गृहमन्त्री अर्यालले सरकारले सम्पत्ति छानबिन सुरु गरेपछि खड्का भागेको दाबी गर्नुभएकाे थियाे । गृहमन्त्री अर्यालले एक अन्तरवार्तामा भन्नुभएकाे थियाे, ‘तत्कालीन ऊर्जामन्त्री (दीपक खड्का) भागिसके, अरू पनि भाग्न खोज्दै छन्, उनीहरूलाई भाग्नबाट रोक्नेसम्बन्धी प्रावधान छ कि भनेर अध्ययन गरिरहेका छौँ ।’













प्रतिक्रिया दिनुहोस्