काठमाडौं, कात्तिक ६ । राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्षको तिहारमा शुभसाइतमा बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट भाइटीका लगाउनुभएको छ ।
राष्ट्रपति भवन शितलनिवासमा आज बिहान ११ बजेर ३९ मिनेटको शुभसाइतमा उहाँले बहिनीहरूबाट टीका ग्रहण गर्नुभएको राष्ट्रपतिको स्वकीय सचिवालयले जानकारी दिएको छ ।
नेपाल पञ्चांग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३९ मिनेटका लागि निर्धारण गरेको थियो । समितिका अनुसार उत्तम साइत तोकिए पनि दिनभर नै टीका लगाउन सकिने व्यवस्था गरिएको छ ।
यमपञ्चकको अन्तिम दिन आज दिदीबहिनीहरूले दाजुभाइलाई र दाजुभाइहरूले दिदीबहिनीलाई टीका लगाई स्नेह र आशिर्वाद आदान–प्रदान गर्ने परम्परा रहँदै आएको छ ।













प्रतिक्रिया दिनुहोस्