सिन्धुली, कात्तिक ७। सिन्धुलीको गोलञ्जोर गाउँपालिका–७ तल्लोबारामा आज बिहान भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ।
इम्बोस्ड नम्बर प्लेट भएको एएए २०७० नम्बरको मोटरसाइकल बिपी राजमार्गअन्तर्गत तल्लोबाराको ओरालोमा अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक धनुषाधाम नगरपालिका–९, जनकपुरका ३० वर्षीय लोबसाङ होइदेनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका होइदेनलाई उद्धार गरी सुनकोशी सामुदायिक अस्पतालमा उपचारका लागि पुर्याइएको थियो। उपचारको क्रममा आज बिहान करिब ६ः३० बजे उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
सिन्धुलीबाट काठमाडौँतर्फ जाँदै गरेको मोटरसाइकल आफैँ अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किएको थियो। ठोक्किएपछि चालक करिब १५ फिट तल भिरमा खसेका थिए। इलाका प्रहरी कार्यालय खुर्कोटको टोलीले उनलाई उद्धार गरी अस्पताल पुर्याएको थियो । उपचारकै क्रममा उहाँको मृत्यु भएको हो।













प्रतिक्रिया दिनुहोस्