जनता टाइम्स

९ कार्तिक २०८२, आईतवार ०७:२७

प्रसाईंले भाडामा मान्छे उतार्न सक्ने सुरक्षा निकायको ब्रिफिङ


काठमाडौँ, ९ कात्तिक । १५ कात्तिकपछि मेडिकल व्यवसायी दुर्गा प्रसाईंले घोषणा गरेको आन्दोलनका सम्भावित जोखिमबारे चारै सुरक्षा निकायका प्रमुखहरूले शनिबार प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्याललाई ब्रिफिङ गरेका छन्।

बैठकमा प्रसाईं समूहले भाडामा मान्छे ल्याएर भिड उतार्न सक्ने र आन्दोलन हिंसात्मक बन्न सक्ने आशंका व्यक्त गरिएको छ। सुरक्षा निकायले प्रसाईंका गतिविधि र अभिव्यक्तिमाथि निगरानी बढाएको छ।

सरकारले सकेसम्म संवादमार्फत समाधान खोज्ने र आन्दोलन हिंसात्मक भए कडा कदम चाल्ने तयारी गरेको छ। आन्दोलनमा पठाओ र इनड्राइभका राइडर प्रयोग हुनसक्ने जोखिम पनि बताइएको छ। गृह मन्त्रालयले सबै पक्षलाई शान्तिपूर्ण रूपमा वार्तामा आउन र निर्वाचनको वातावरण बिगार्ने गतिविधिबाट टाढा रहन अपिल गरेको छ।