काठमाडौं, कात्तिक ९।‘राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ महाअभियान’ मार्फत राजसंस्था पुनर्स्थापनाको पक्षमा उभिनु भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईँले आफू देश जोगाउन लागेकाले आवश्यक परे देश छोड्न पनि तयार रहेको बताउनुभएको छ ।
आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उहाँले नेपाल संकटमा रहेको भन्दै देश जोगाउनु पर्ने बताउनुभयो । ‘म कसैबाट चलेको मान्छे होइन, म नेपालबाट नेपाली जोगाउन आफ्नै क्षमताले भ्याएसम्म प्रयास गरिरहेको छु, नेपाल संकटमा छ, त्यसैले मैले जोगाउनु पर्छ भनेर लागेको हुँ, तपाईँहरूले यो देश छोडेर जा भन्नु हुन्छ भने पनि म जान्छु, यो देश कसैले बनाउँछ भने म जान तयार छु’, उहाँले भन्नुभयो ।
उहाँले आफू २०५७ सालदेखि नेकपा माओवादी हुँदै एमाले र अहिले यहाँसम्म आइपुग्दा जानेर वा नजानेर गल्तीहरू भए पनि अब सुध्रिएर देश बनाउन लाग्ने बताउनुभयो। उहाँले भन्नुभयो– ‘ल, हिजो जे भयो–भयो, आफैँले बाटो बिर्सियौँ, सबैले भुल्यौँ, अब त कमसेकम देश जोगाऔँ ।’













प्रतिक्रिया दिनुहोस्