जनता टाइम्स

१३ कार्तिक २०८२, बिहीबार ०७:२०

मेची राजमार्गमा रातको समयमा गाडी सञ्चालनमा रोक


काठमाडौं,  कात्तिक १३ ।  मेची राजमार्गमा रातको समयमा गाडी सञ्चालनमा रोक लगाइएको छ ।एक महिनाअघिको बाढी पहिरोले सडकका विभिन्न खण्ड जोखिमयुक्त रहेकाले रातको समयमा गाडी सञ्चालनमा रोक लगाइएको हो ।आजदेखि कार्यान्वयन हुने गरी बेलुकी ७ बजेदेखि बिहान ६ बजेसम्म गाडी सञ्चालनमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ ।