जनता टाइम्स

१३ कार्तिक २०८२, बिहीबार १७:२३

रेशम चौधरीको नयाँ पार्टी नाउपाने, चुनाव चिन्ह जाँतो


काठमाडौं, १३ कात्तिक । नागरिक उन्मुक्ति पार्टी (नाउपा) छाडेका रेशम चौधरीले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गराएका छन् । चौधरी बिहीबार आयोगमा पुगेर नयाँ दल दर्ताका लागि निवेदन दिएका हुन् ।

नागरिक उन्मुक्ति पार्टी, नेपाल (नाउपाने) नाम प्रस्ताव गरेका चौधरीले ४५ सदस्यीय केन्द्रीय समिति प्रस्ताव गरेका छन् । चुनाव चिन्ह भने जाँतो प्रस्ताव गरिएको छ ।