जनता टाइम्स

१४ कार्तिक २०८२, शुक्रबार १५:०३

नेपाल उद्योग तथा व्यवसायी महासंघ रामेछापमा नयाँ नेतृत्व, अध्यक्षमा सुरेश उदास 


रामेछाप, कात्तिक १४ । नेपाल उद्योग तथा व्यवसायी महासंघ रामेछापको दोस्रो जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ। अधिवेशनले सुरेश उदासलाई अध्यक्षमा निर्वाचित गर्दै आगामी कार्यकालका लागि नयाँ कार्यसमिति गठन गरेको हो ।

शुक्रबार मन्थलीमा सम्पन्न अधिवेशनबाट  निर्वाचित पदाधिकारीहरूमा उपाध्यक्षमा रुद्रकुमार श्रेष्ठ र निरा तामाङ, सचिवमा जयराम मानन्धर, उप–सचिवमा विष्णु कडरिया र लक्ष्मी ढुङ्गेल, कोषाध्यक्षमा सरोज लामा तथा सह–कोषाध्यक्षमा मोहन कार्की रहनु भएको छ।

महासंघका अध्यक्ष पवन कठायतको अध्यक्षता तथा वाग्मती प्रदेशसभा उद्योग, पर्यटन तथा वातावरण समिति सभापति आनन्द श्रेष्ठको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा महास‌ंघका वाग्मती प्रदेश अध्यक्ष पशुपति बहादुर खड्का, एमाले वाग्मती प्रदेश कमिटी सदस्य एवं मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठ, जिल्ला अध्यक्ष पुरुषोत्तम कडरिया, सचिव प्रकाशकुमार कार्की लगायत अधिवेशन सफलता र नयाँ नेतृत्वलाई कार्यसफलताकाे शुभकामना दिनुभयो ।