काठमाडौं, कात्तिक १६ । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसहित आठ दलले पार्टी एकतासम्बन्धी सहमति पत्रमा हस्ताक्षर गरेका छन्। विभिन्न १८ बुँदे प्रस्तावमा सहमति जनाउँदै ती दलका अध्यक्षहरूले सहमति पत्रमा हस्ताक्षर गरेका छन्।पुँजीवादी जनवादी क्रान्तिको उपलब्धिको रूपमा रहेको संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, राष्ट्रिय स्वाधीनताको रक्षा, सुशासन, सामाजिक न्याय र आर्थिक सामाजिक रुपान्तरण गर्दै समाजवादी क्रान्तिको लक्ष्य पूरा गर्ने लक्ष्यहसति माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, नेकपा ९समाजवादी०, जनसमाजवादी पार्टी, नेपाल, नेपाल कम्युनिष्ट पाटी, नेकपा (माओवादी समाजवादी) र नेकपा (साम्यवादी)बीच पार्टी एकता हुने भएको हो।
माओवादी केन्द्र र एकीकृत समाजवादीसहित आठ दलबीच १८ बुँदे सहमति, १९ गते एकता घोषणा













प्रतिक्रिया दिनुहोस्