रामेछाप, कात्तिक २८ । मन्थली नगरपालिका–१ सानीमदाैका तीर्थ सुबेदीले आफ्नो जन्मदिनको अवसरमा मन्थली–२ टेकनपुर धारापानीस्थित बाल ताम्रकौशिका आधारभूत विद्यालयलाई ४ थान डस्टबिन प्रदान गर्नुभएको छ।
विद्यालयमा आयोजित कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, जनप्रतिनिधि, शिक्षक–कर्मचारी तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो। उहाँले हस्तान्तरण गर्नुभएको डस्टबिन विद्यालयका प्रधानाध्यापक लेखबहादुर खत्रीले ग्रहण गर्नुभयो। डस्टबिनमा ‘कुहिने’ र ‘नकुहिने’ फोहोर छुट्याउने स्टिकर समेत टाँसिएको छ, जसले विद्यालयमा फोहोर व्यवस्थापनबारे सचेतना फैलाउने उहाँको विश्वास छ ।
विद्यालय परिवारका तर्फबाट प्रधानाध्यापक खत्रीले सुबेदीप्रति कृतज्ञता व्यक्त गर्दै आगामी दिनमा पनि सहयोगको अपेक्षा व्यक्त गर्नुभयो । सुबेदीले यसअघि पनि विभिन्न विद्यालयहरूलाई व्यक्तिगत तथा संस्थागत रूपमा सहयोग गर्दै आउनुभएको छ।













प्रतिक्रिया दिनुहोस्