काठमाडौं, मंसिर १३। नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनका लागि भूमि अधिकार तथा श्रमिक संगठन नेपालबाट प्रतिनिधि सर्वसम्मत रूपमा चयन भएका छन्। संगठनभित्र छलफल र परामर्शपछि खुल्ला तथा महिला दुवै तर्फबाट पाँच प्रतिनिधि सर्वसम्मत चयन गरिएको हो।
खुल्ला तर्फ इन्द्र लामा, उमेश आचार्य र लोकेन्द्रबहादुर सिंह (एलबी) प्रतिनिधि बन्नुभएको छ। महिला तर्फ लिला बिक र राजकुमारी देवी सोनार सर्वसम्मत रूपमा चयन हुनुभएकाे छ ।
प्रतिनिधि छनोटका लागि लीलाबहादुर मोत्तानको अध्यक्षतामा तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो। सो समितिको संयोजकत्वमा सम्पन्न भएको प्रक्रियाले संगठनभित्र एकता, सहमति र समावेशी सहभागितालाई प्राथमिकता दिएको एमाले निकट श्रमिक नेतृत्वले जनाएको छ।
भूमि अधिकार तथा श्रमिक संगठनबाट सर्वसम्मत प्रतिनिधि चयनसँगै ११औँ महाधिवेशनका तयारी थप तीव्र बनेको बताइएको छ।













प्रतिक्रिया दिनुहोस्