काठमाडौं, कात्तिक ६ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीनदिने निजी तथा पारिवारिक तीर्थाटनका लागि श्रीमती निकिता पौडेलसहित शुक्रबार भारत प्रस्थान गर्नुभएको छ।
लामिछानेको निजी सचिवालयका अनुसार भारत भ्रमणका क्रममा उहाँहरूले उत्तराखण्डको नैनीतालस्थित कैंची धाम र आसामको गुवाहाटीस्थित कामाख्या मन्दिरमा पूजाअर्चना गर्ने कार्यक्रम छ।
पारिवारिक भ्रमणका क्रममा लामिछाने दम्पतीले दुवै धार्मिकस्थलमा पुगेर पूजाआजा गर्नुहुने छ। भ्रमण तीन दिनको हुने उहाँको निजी सचिवालयले जनाएको छ।














प्रतिक्रिया दिनुहोस्